Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं,  २६  चैत  ।  सामान्यतया तपाई मकैको परिकार भन्दा के सम्झनु हुन्छरु पोलेको, भुटेको मकै अनि त्यसको पीठोबाट बन्ने ढिडो। तर राजधानीको चाबहिलमा तपाईले सोचेभन्दा फरक किसिमका मकैका परिकारहरु बन्छन्।

एउटा परिकारबाट दिक्क भएकाहरुलाई नयाँपन दिने उद्देश्यले धनकुटाका दुर्गा बहादुर सुवेदी र मोरङका राजकुमार अधिकारीले चाबहिलमा ‘मिस्टर कन’ नामबाट मकैका थुप्रै परिकार पाइने रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्।

अधिकारी पेशाले सिभिल इन्जिनीयर हुन् भने सुवेदी पाँच वर्ष विदेशमा काम गरी फर्किएका हुन्। उनीहरु दुवै हाल महालक्ष्मी ६– ललितपुरमा बस्दै आएका छन् ।

नेपालमै पहिलोपटक नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले यो रेष्टुरेन्टको सुरुवात गरिएको अधिकारी बताउँछन्। एउटै किसमिका परिकारबाट ग्राहक वाक्क भइरहेका छन्। पुर्खाहरूले रूचाएको ढिँडो आजको पुस्ता पनि रुचाउँछ । मकैलाई ढिडोमा मात्र सीमित नगरेर यसलाई फैलाउँदै लैजाने उनले बताए।

‘नेपालमा अन्य किसिमका रेष्टुरेन्ट धेरै छन्। तर हामीले मकैको परिकार फैलाउन यो रेष्टरेन्ट सुरू गरेका हौं’, उनले भने, ‘ग्राहकको चाहनालाई मध्यनजर गरेर हामी मकैका थुप्रै परिकारहरू बनाउँदछौं।’

चाबहिलको कामना विकास बैङ्क रहको घरको अन्डर ग्राउण्डमा ‘मिस्टर कन’ रेष्टुरेन्टमा विशेषगरी मम,चाउमिन, फ्राइड राईस, मकैको भात, मकैको ढिडो, अमेरिकन कन लगायतका थुप्रै परिकार पाइन्छ ।

यहाँ मकैको सुप, तरकारी, अचार पनि बनाइन्छ । बिहान उठेदेखि बेलुका सुत्दासम्म सामान्य रुपमा खाइने परिकार सबै यहाँ पाइने गर्दछ।
अहिले उनीहरूले मड्का चिया पनि राखेका छन्। अब छिट्टै मकैको चिया ल्याउने तयारी गरिरहेको उनी बताउँछन्।

उनका अनुसार मकैको चिया ‘हर्वल टि’ को स्वादमा हुने छ। यसले रोगसँग लड्ने शक्ति दिन्छ । मकैको घोगामा हुने जुँगाबाट यो चिया बनाइने छ।

गत आईतबारबाट रेष्टुरेन्ट सुरुवात गरेका सुवेदी र अधिकारीको योजना ठुलो छ। भने सानो उनीहरु काठमाडाँैमा एक वर्ष भित्रमा दश वटा शाखा खोल्ने योजनामा छन्।

‘काठमाडौंमा स्थापित भइसकेपछि भरतपुर, बुटवल, धरान लगायत प्रमुख शहरहरुमा शाखा बिस्तार गर्ने लक्ष्य छ,’ उनले भने, ‘मकैको परिकारलाई छिट्टै स्थापित शाखा विस्तार गर्ने योजनामा छौँ। धेरैतिर शाखा भएपछि व्यवसायलाई फैलाउन सहज हुन्छ ।’

उनीहरूले यो व्यवसाय संयुक्तरूपमा गर्दै आएका छन्। यो व्यवसायबाट तीन जनाले रोजगारी समेत पाएका छन्।

नेपाल पनि फेसनेबल भएको छ । अलिकति युनिक, छोटो अनि जनजिब्रोमा छिट्टै झुण्डने नाम खोज्दा मिस्टर कन चयन गरेको उनी बताउँछन्।

नाम चाहीँ विदेशी जस्तो भएन र भन्ने प्रश्नमा सुवेदी भन्छन् ‘विदेशी स्वादका पनि केहि परिकार भएकाले पनि यो नाम उपयुक्त हुन्छ । सामान्यतया मानिसहरुले मकैको नेपाली खानेकुरा पाइन्छ भन्दा पुरानै परिकारमात्रै पाइन्छ कि भन्ने बुझ्छन् कि जस्तो पनि लाग्यो ।’

उनीहरू मकैबाट सजिलै बनाउन सकिने अन्य परिकारहरुको पनि खोज अनुसन्धान गरिरहेका छन्। ‘अमेरिका र इजरायलमा धेरै नै मकैको प्रयोग गरिन्छ’ उनले भने, ‘‘मकैबाट सयौँ परिकार बन्न सक्ने भएकाले खोजी गरिरहेको छौँ।’

यो व्यवसायमा नयाँ कन्सेप्ट भएकाले बजार लिन भने केही समय लाग्ने उनी बताउँछन्। सेतोपाटी

तपाईको प्रतिक्रिया