Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २६ चैत ।  नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता नेपाल केहीदिन अघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।

तपाईको प्रतिक्रिया