Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडाैं, २६ चैत्र । नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौदा रायका लागि गत साता लोकसेवा आयोगमा पठाएको छ । करिब आठ महिनापछि कानुन तथा संसदीय मन्त्रालयले ऐनको मस्यौदामा राय दिएको हो । यससँगै मस्यौदालाई अघि बढाउन लागिएको छ ।

गृहले ल्याउन लागेको भर्ना, बढुवा तथा अवकाशका नयाँ प्रावधानसहितको ऐनलाई ‘नेपाल प्रहरी गठन तथा सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नाम दिइएको छ । पारित भएपछि यसले प्रहरी ऐन २०१२ लाई विस्थापित गर्नेछ ।

प्रस्तावित ऐन पारित भएमा आइजिपी र एआइजीको पदावधि घट्नेछ । हाल आइजिपीको चार र एआइजीको पाँच वर्ष पदावधि छ । नयाँ ऐनमा आइजिपीको तीन तथा एआइजीको कार्यकाल चार वर्ष हुने प्रस्ताव गरिएको छ । त्यस्तै, डिआइजीको पाँच, एसएसपीको सात, एसपीको १० वर्ष कायम गरिएको छ । याे समाचार नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया