Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

धरान,  २५  चैत्र  ।  भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् ।
घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीका प्रारम्भिक अनुमानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको जस्तो देखिएको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

थप विवरण आउन बाँकी ।कान्तिपुर

तपाईको प्रतिक्रिया