Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौं, २५ चैत । मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।

मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । मृतक नेपालीमा रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी रहेको छ। रातोपाटी

तपाईको प्रतिक्रिया