Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २४ चैत्र । काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ ।

बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो । लैनचौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ । यसैबीच, काठमाडौँको तारकेश्वर र टोखा नगरपालिकाका विभिन्न फर्ममा रहेका कुखुरामा पनि संक्रमण देखिएको थियो ।

यसैबीच, विभागले सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान आग्रह गरेको छ । व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न विभागको सुझाव छ ।

खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । यता, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको सूर्य्विनायक नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, कास्कीको मादी गाउँपालिका, मोरङ्गको सुन्दरहरैचा नगरपालिका तथा सुनसरीको इटहरी नगरपालिकाका फर्ममा पनि बर्ड फ्लू पुष्टि भएको थियो ।न्यूज२४

तपाईको प्रतिक्रिया