Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २४ चैत्र । गर्मीको मौसम सुरू भएको छ। चैत वैशाखमा साँझपख हावाहुरी चल्छ। बादल गड्याङगुडुङ हुन्छ। बिजुली चम्कन्छ र चट्याङ पर्छ।

सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी ८२ जना मानिसले चट्याङ लागेर ज्यान गुमाउँछन्।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चट्याङ पर्ने बेलामा कसरी जोगिने भने केही सुझाव दिएको छ।

घरभित्र हुँदा

विद्युतीय सामग्रीहरू टिभी, फ्रिज, कम्युटर, वासिङमेसिन प्रयोग नगर्ने।

तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने।

घरबाट बाहिर ननिस्कने।

धारामा नुहाउने,लुगा धुने र भाँडा माझ्ने काम नगर्ने।

विद्युतीय सामग्री टिभी, कम्प्युटर आदिको नजिक नबस्ने।

घरबाहिर हुँदा

अग्लो र एक्लो रूखमा ओत नलाग्ने।

पौडिने, माछा मार्ने, र्‍याफ्टिङजस्ता क्रियाकलाप नगर्ने।

खुला मैदानमा नबस्ने।

धातुको तारबारको नजिक नबस्ने।

मैदानमा लमतन्न परेर नसुत्ने वा नखेल्ने।

मानिसको समूह वा झुन्ड तथा मेला, हाटबजार वा महोत्सवमा नरहने।

फुटबल, क्रिकेट, गल्फ खेलिरहेको भए तुरून्त बन्द गर्ने।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments