Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २४ चैत्र ।  कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा राखेर बैठक बोलाएका थिए । यो समिति केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली संरचना हो ।

२९ सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४० प्रतिशत दिन सभापति देउवा तयार भएका छन् । देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा राखेको शीर्ष नेताहरुको छलफलमा पौडेल पक्षलाई ४० प्रतिशत दिने सैद्धान्तिक सहमति जुटेको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया