Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २३ चैत्र। शनिबारका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टीको केन्द्रिय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्नु भएको हो । कांग्रेसको नयाँ विधानमा २८ वटा विभाग गठन गर्ने व्यवस्था गरिएको छ। तर सभापति देउवाले ती विभाग गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।

हिजो बसेको उच्च तहका नेताहरुको बैठकले २९ सदस्यीय कार्यसम्पादन समिति बनाउने सहमति गरेको थियो । समितिमा सभापति शेरबहादुर देउवासहित ७ जना पदाधिकारी छन् । सभापति देउवाले कार्यसम्पादन समितिका लागि ६०÷४० को भागबन्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट आठ जनाको नाम मागिएको थियो ।

तपाईको प्रतिक्रिया