Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २३ चैत्र । गत आइतबार बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि आएको हावाहुरी ‘टोर्नाडो’ भएको नेपाल विज्ञान तथा मौसम विज्ञानल विभागले जनाएको छ । विभागले शुक्रबार एक प्रेस विज्ञाप्ती जारी गर्दै टोर्नाडो पुष्टि गरेको छ ।

‘जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले गरेको संयुक्त अध्ययनबाट अनुसन्धानले बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको तथ्य पत्ता लागेको हो ।’ जारी विज्ञाप्तीमा उल्लेख छ ।

संयुक्त टोलीले सेन्टिनिल भू उपग्रहबाट प्राप्त उच्च रिजोलुसनसहितका तस्बिरको अध्ययन गरेको विभागले जनाएको छ । उक्त तस्बिरमा टोर्नाडोकाको मार्गका साथै घटनापछिका तस्बिर र भिडियोहरुको विश्लेषणबाट पनि उक्त विनाशाकारी आँधी टोर्नाडो’ नै रहेको पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि पनि नेपालमा टोर्नाडो आएको तर जल तथा माौसम विभागमा उल्लेख नभएको जनाइएको छ ।

मौसम विज्ञान विभागले भनेको छ, ‘यस्ता प्रकारका अति विमाशकारी मौसमी घटनाको विस्तृत जानकारीका लागि वैज्ञानिकसहितको स्थलगत अनुसन्धानको खाँचो रहेको छ ताकि भविष्यमा यस्ता प्रकारका घटनाको पूर्व सूचना प्रवाह गरि उपयुक्त सतर्कता अपनाउन पुगोस् ।’

के हो टोर्नाडो , कसरी आउछ ?

‘टोर्नाडो एक खतरनाक हावाहुरी हो, जुन सामुन्द्रिक आधिको रूप मानिन्छ ।
आधिहुरीको एक प्रकार मानिने ‘टोर्नाडो’ विषेश गरी अमेरिकी देशरूमा आउने गर्छ । नेपलमा हुण्डरी भने जस्तो यो तिव्र गतिको आधि हो । यो जुन ठाँउमा आउँछ त्यहाँ ध्वश्त पार्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ भन्नु हुन्छ, टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’’

शुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । उहाँका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।न्यूज२४

तपाईको प्रतिक्रिया