Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

ललितपुर, २२ चैत्र । शुक्रबार ललितपुरको धोविघाटमा जनक शिक्षा सामाग्री केन्द्रको ट्रकले भ्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । दुवैजनाको जावलाखेलस्थित अल्का अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जनक शिक्षाको सो ट्रक सुर्खेतका लागि हिँडेको थियो ।

तपाईको प्रतिक्रिया