Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २२ चैत्र । गौरादह नगरपालिका–३ को धिमधिमेमा मनोसामाजिक समस्या सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । महिला सञ्जाल उपभोक्ता समिति गौरादह–३ ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा वडा नं. ३ भित्रका महिला पुरुषहरु १ सय ५० जना सहभागी भएका थिए ।

गौरादह नगरपालिका वडा नं. ३ को सहयोगमा सञ्चालन गरिएको अभिमुखिकरण तालिममा मनोविमर्शकर्ताहरु मदन पाठक र तिलचन्द्र अधिकारीले सहजिकरण गरेका थिए । कार्यक्रममा सहजकर्ताले मानिसहरु मनोसामाजिक समस्या, मानसिक तनाव र चिन्ता हुनाका कारणहरु, त्यसका असरहरु र निराकरणका उपायहरुको बारेमा सहजिकरण गरेका थिए ।

महिला सञ्जाल उपभोक्ता समिति गौरादह–३ कि अध्यक्ष चामुण्डा दाहालको सभापतित्वमा सम्पन्न तालिममा नगर महिला सञ्जाल गौरादह अध्यक्ष लिला कार्की प्रमुख अतिथि रहेकी थिइन् । गौरादह बहुमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल, कार्यक्रम संयोजक अम्बिका दाहाल, सुर्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक लिलानाथ गौतम र कोषाध्यक्ष इन्दिरा पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष धनमाया अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव कल्पना अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया