Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठ्माडौं, २२ चैत्र । प्रदेश नम्बर १ सरकारले चताराधाममा कुम्भमेला आयोजना गर्न ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शनिबारदेखि एक महिनासम्म चल्ने कुम्भमेलाका लागि ५० लाख निकासा गर्ने निर्णय गरेको हो।

कुम्भमेलाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार आफैंले लिएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीको संयोजकत्वमा संयोजन समिति गठन गरिएको छ।

कुम्भमेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन्। चतरामा हिन्दु धर्म प्रवर्द्धन गर्न बसेका जगतगुरू बालसन्त महाराजको अगुवाइमा कुम्भमेला आयोजना हुँदै आएको छ।

कुम्भमेलालाई दिन लागिएको रकम प्रदेश सरकारको आन्तरिक स्रोतबाट हो। त्यो रकम राजश्व बाँडफाँटबाट प्राप्त हुन्छ। पहाड तथा तराईमा बाढी–पहिरोको जाँदा त्यस्तो रकम खर्च गर्नुपर्ने भनी सरकारले राजश्वबाट आन्तरिक स्रोत (ढुकुटी) भरेको हुन्छ। सरकारले सोही रकम बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा खर्च गर्नुपर्छ। प्रदेश १ भने प्राकृतिक विपत्तिमा परेका नागरिकलाई दिनु पर्ने पैसा कुम्भ मेलामा दिएको हो।

‘प्रदेश सरकारको आन्तरिक (राजश्व बाँडफाँट)को रकम कुम्भमेला आयोजनाका लागि दिने निर्णय गरिएको हो,’ आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले भने।

प्रदेश सरकार आफैंले संयोजनको जिम्मेवारी लिए पनि कुम्भमेलामा प्राप्त हुने रकम भने सरकारले पाउने छैन। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया