Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

राजविराज, २२ चैत्र । प्रश्नपत्र प्रकरणमा अभियुक्त बनाइएका दुवै प्रहरी जवान सप्तरीकै हुन् । यद्यपि उनीहरु सिराहा जिल्लास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए । सोही इलाका प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोको काटेर उनीहरुले प्रश्नपत्र आउट गरेको अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त भनिएका प्रहरी जवान दीपेन्द्र मण्डल यस वर्षको एसईई परीक्षामा आफैं पनि सहभागी थिए । आफू पढाइमा कमजोर रहेको भन्दै आफ्नो ठाउँमा परीक्षा दिन उनले आफूँसँगै कार्यरत ब्रह्मदेव सुनरैतलाई गुहारे । उनले प्रवेशपत्रमा आफ्नो सट्टा ब्रह्मदेवको फोटो टाँसेर आफ्नो ठाउँमा परीक्षामा सहभागी पनि गराए ।

सोही क्रममा दुवैजनाको ध्यान आफैं कार्यरत प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोकामाथि पर्यो । र, उनीहरुले ब्लेडको प्रयोग गरी प्रश्नपत्रको पोको काटेर विज्ञान र सामाजिक प्रश्नपत्र निकाले । उक्त प्रश्नपत्र दुवैजनाले आफैंसँग मात्र राखेका थिए । यो प्रकरण सार्वजनिक हुन्नथ्यो होला । पछि ब्रह्मदेवले दुवै प्रश्नपत्र राजविराजस्थित घरमा रहेका आफ्ना दाजु विष्णुदेव यादवलाई पनि पठाए ।

तपाईको प्रतिक्रिया