Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, २२ चैत्र । नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

‘मिडिया विश्वास र आस्थाको पुँजी हो । सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुने छैनन् । दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोसाइटीले प्रेसविरोधी, प्रेसलाई नियन्त्रण गर्ने कुनै पनि प्रकारका आदेश र निर्देशन तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया