Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

धनगढी, २२ चैत्र । बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सी–टेबुल राखिएको थिए । टेबुलमा पाकिरहेको थियो ( चिया । त्यहाँ बसेकाहरुले पार्कमोड हिँड्नेलाई चिया खान आग्रह गरिरहेका थिए ।

चिया पिउने जम्मा हुने भएका थिए–रिक्सा चालक, राजनीतिकर्मी, व्यापारी, सर्वसाधारणलगायत विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरु । कार्यक्रमको नाम थियो–बारा, पर्साका हावाहुरी पीडितहरुका लागि सहयोगार्थ एक कप चिया अभियान ।

तीन दिनअघि रोटरी क्लब अफ धनगढीले हावाहुरीबाट घाइते भएकाका लागि पार्कमोडमा रक्तदान कार्यक्रम गरेको थियो । हावाहुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड, कैलाली उद्योग वाणिज्य संघले ३५ हजार तथा धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन् । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया