Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २१ चैत्र । रासायनिक मललाई विस्थापित गर्दै जैविक मल प्रयोग गर्ने उद्देश्यका साथ जैविक मल उत्पादन सम्बन्धि दुई दिने तालिम शुरु भएको छ । गौरादह सामुदायीक कृषि सहकारी संस्थाले आयोजना गरेको तालिममा संस्थाका शेयर सदस्यहरु मध्ये अगुवा कृषकहरु सहभागी भएका छन् ।

वडा नं.१ को वडा कार्यालमा सञ्चालन गरेको तालिममा संस्थाका अध्यक्ष तारा प्रसाद घिमिरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै किसानहरुलाई घरैमा जैविक मल बनाई कम्तीमा करेसाबारीमा जैविक मलको प्रयोग गरि साग सब्जी उत्पादन गर्न सक्ने बनाउनु तालिमको औचित्य रहेको जानकारी गराए । कृषि प्राविधिक तथा तालिमका सहजकर्ता मुक्तिनाथ बरालले सहभागी किसानहरुलाई जैविक मल बनाउने ३ प्रकारको विधिको बारेमा जानकारी गराएका छन् ।

तालिममा जैविक मल बनाउने शैद्धान्तिक ज्ञान दिनुका साथै व्यवहारिक र प्रयोगात्मक तरिका सिकाएका छन् । सुक्ष्म खाद्य तत्व बनाउने विधि, जैविक विषादी बनाउने विधि, डि कम्पोजर बनाउने विधि र त्यसको प्रयोगको बारेमा जानकारी गराएका छन् । शरिरलाई स्वास्थ्य र निरोगी राख्न योगको महत्वको बारेमा प्रशिक्षण दिएका छन् । वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । त्यसअवसरमा खेमनाथ संग्रौला, कल्पना अधिकारी र इन्दिरा पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । जे.टी.ए नविना लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव देवेन्द्र कुमार खड्काले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया