Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २१ चैत्र । नेपाललाई हिन्दु राष्ट्र पुनस्र्थापनका लागि माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले हस्ताक्षर अभियान शुरु गरेको छ । पार्टीले मुलुकभर नै हस्ताक्षर अभियान सञ्चालन गरको छ ।
संविधानमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्र लिखित रुपमा घोषणा गरिएको हुँदा त्यसलाई हटाई धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने माग राख्दै पार्टीले हस्ताक्षर अभियान सञ्चालन गरेको हो । चैत्र १७ देखी शुरु भएको हस्ताक्षर अभियान २४ गते सम्म सञ्चालन हुने बताइएको छ।

हस्ताक्षर अभियान हिजो गौरादह नगरपालिकाको ७ को ग्वालडुब्बा बजार मा सञ्चालन गरिएको थियो भने, आज गौरादह बजारमा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ ।

हालसम्म करीब २ हजार ५सय बढीले हस्ताक्षर गरेका छन् । सोही प्रकृतिको कार्यक्रम गौरादह नगरपालिका को स्कुलचौन बजार र बैगुन्धुरा बजारमा सञ्चालन गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला अध्यक्ष अम्बर बहादुर बिस्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया