Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

अनिल श्रेष्ठ

विराटनगर, २१ चैत्र । विराटनगर–३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ) होम भित्र रहेको ल्याबले दिने रिपोर्टमा गम्भिर लापारबाहि हुने गरेको पाइएको छ ।

मोरङको सुनवर्षी नगरपालिकाकी ५२ वर्षिय एक महिलाको पाठेघर नै नभएको रिपोर्ट दिएपछि चरम लापरबाहिको घटना सार्वजानिक भएको हो ।

पेट दुःखेर आइतबार अस्पताल पुगेकी सिता (नाम परिवर्तल) ले १ हजार रुपैयाँ तिरेर अस्पताल भित्रको विराट इन्टरनेशनल रिफरेन्स ल्यावमा भिडियो ऐ–क्सरे गरेकी थिइन् । एक छोरा र १ छोरीकी आमा रहेकी उनको भिडियो एक्सरे गराएको रिपोर्टमा पाठेघर नभएको रिपोर्ट आयो ।

उनले चिकित्सकको सल्लाह अनुसार विराट अस्पतलाको ल्याबमा भिडियो एक्स रे गरेकी थिइन् । भिडिओ एक्स–रे को रिपोर्टमा उनको युटेरस (पाठेघर) नभएको उल्लेख छ । रिपोर्टमा लेखिएकोे छ, ‘युटेरस इज नट सिन ।’ पेट दुखिरहने समस्याका कारण अस्पताल पुगेकी उनी नयाँ समस्या देखाइएपछि झन् तनाबमा परिन् ।

विराट अस्पतालले ल्याबमा आएको भिडियो एक्सरेको रिपोर्ट फिजिसियन डा. प्रवेज कुमार हेरका थिए । डाक्टर प्रवेजले भिडियो एक्स–रे मा पाठेघर नभएको उल्लेख भएको भन्दै पुनः सिमावर्ती बजार जोगवनीमा रहेको सिमान्चल अस्पतलामा अर्को ल्याबमा भिडियो एक्सरे गराउन सिफारिस गरे । दोस्रो ल्यावबाट भने पाठेघर भएकै रिपोर्ट आयो ।

स्वास्थ्य उपचारका लागि प्याथोलोजी र रेडियोलोजी ल्याबको रिपोर्टलाई आधार मानिन्छ । विराट अस्पतालको ल्याबको उक्त रिपोर्ट देखेपछि डाक्टर तीन छक्क परेका छन् । ‘चिकित्सव प्रवेज पनि अचम्ममा पर्नुभयो । एउटै व्यक्तिको भिडियो एक्सरे रिपोर्ट फरक–फरक देखेपछि,’ सीताले भनिन्, ‘ल्याबसको गलत रिपोर्टले निक्कै मानसिक तनाव बेहोर्नुपर्यो ।’ पिसाबमा इन्फेक्सन र कलेजोमा बोसो जमेको चिकित्सव प्रवेजले बताएपछि त्यही अनुसार अहिले औषधी सेवन गर्दै आएको उनले बताइन् ।

विराटनगर अस्पतालमा विराट इन्टरनेशनल रिफरेन्स ल्याव प्रालिले ल्याब सञ्चालन गर्दै आएको छ । सो ल्याबको रिपोर्टमा पहिलो पटक मात्र त्रुटि आएको भने होइन । रगत परीक्षणको रिपोर्ट धेरै पटक गलत आउने गरेको स्वास्थ्यकर्मीकै भनाइ छ । ल्याबको रिपोर्ट गलत आउने मात्र होइन ल्यावले बिरामीहरुको ठगी पनि गर्दै आएको आरोप लागेको छ । ल्याबले एउटा एक्स–रे प्लेटमा दुईवटा एक्स–रे गर्दा दोब्बर रकम असुल्ने गरेको छ । एउटा प्लेटमा जतिसुकै एक्स–रे गरे पनि एउटाको मात्र शुल्क लिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

ल्याबले गलत रिपोर्ट दिएको र ठगी गरेको विषयमा सञ्चालक सुशील तापडिया मानवीय त्रुटि भएको हुनसक्ने भन्दै पन्छिए । अहिलेसम्म रिपोर्ट गलत आएको भन्दै गुनासो नआएको दावी गरेका उनले पीडितसँग भने गल्ती स्वीकार गर्दै घटना सार्वजनिक नगरिदिन आग्रह गरेका थिए ।ब्लास्टखबरबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments