Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनिल श्रेष्ठ

विराटनगर, २१ चैत्र । विराटनगर–३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ) होम भित्र रहेको ल्याबले दिने रिपोर्टमा गम्भिर लापारबाहि हुने गरेको पाइएको छ ।

मोरङको सुनवर्षी नगरपालिकाकी ५२ वर्षिय एक महिलाको पाठेघर नै नभएको रिपोर्ट दिएपछि चरम लापरबाहिको घटना सार्वजानिक भएको हो ।

पेट दुःखेर आइतबार अस्पताल पुगेकी सिता (नाम परिवर्तल) ले १ हजार रुपैयाँ तिरेर अस्पताल भित्रको विराट इन्टरनेशनल रिफरेन्स ल्यावमा भिडियो ऐ–क्सरे गरेकी थिइन् । एक छोरा र १ छोरीकी आमा रहेकी उनको भिडियो एक्सरे गराएको रिपोर्टमा पाठेघर नभएको रिपोर्ट आयो ।

उनले चिकित्सकको सल्लाह अनुसार विराट अस्पतलाको ल्याबमा भिडियो एक्स रे गरेकी थिइन् । भिडिओ एक्स–रे को रिपोर्टमा उनको युटेरस (पाठेघर) नभएको उल्लेख छ । रिपोर्टमा लेखिएकोे छ, ‘युटेरस इज नट सिन ।’ पेट दुखिरहने समस्याका कारण अस्पताल पुगेकी उनी नयाँ समस्या देखाइएपछि झन् तनाबमा परिन् ।

विराट अस्पतालले ल्याबमा आएको भिडियो एक्सरेको रिपोर्ट फिजिसियन डा. प्रवेज कुमार हेरका थिए । डाक्टर प्रवेजले भिडियो एक्स–रे मा पाठेघर नभएको उल्लेख भएको भन्दै पुनः सिमावर्ती बजार जोगवनीमा रहेको सिमान्चल अस्पतलामा अर्को ल्याबमा भिडियो एक्सरे गराउन सिफारिस गरे । दोस्रो ल्यावबाट भने पाठेघर भएकै रिपोर्ट आयो ।

स्वास्थ्य उपचारका लागि प्याथोलोजी र रेडियोलोजी ल्याबको रिपोर्टलाई आधार मानिन्छ । विराट अस्पतालको ल्याबको उक्त रिपोर्ट देखेपछि डाक्टर तीन छक्क परेका छन् । ‘चिकित्सव प्रवेज पनि अचम्ममा पर्नुभयो । एउटै व्यक्तिको भिडियो एक्सरे रिपोर्ट फरक–फरक देखेपछि,’ सीताले भनिन्, ‘ल्याबसको गलत रिपोर्टले निक्कै मानसिक तनाव बेहोर्नुपर्यो ।’ पिसाबमा इन्फेक्सन र कलेजोमा बोसो जमेको चिकित्सव प्रवेजले बताएपछि त्यही अनुसार अहिले औषधी सेवन गर्दै आएको उनले बताइन् ।

विराटनगर अस्पतालमा विराट इन्टरनेशनल रिफरेन्स ल्याव प्रालिले ल्याब सञ्चालन गर्दै आएको छ । सो ल्याबको रिपोर्टमा पहिलो पटक मात्र त्रुटि आएको भने होइन । रगत परीक्षणको रिपोर्ट धेरै पटक गलत आउने गरेको स्वास्थ्यकर्मीकै भनाइ छ । ल्याबको रिपोर्ट गलत आउने मात्र होइन ल्यावले बिरामीहरुको ठगी पनि गर्दै आएको आरोप लागेको छ । ल्याबले एउटा एक्स–रे प्लेटमा दुईवटा एक्स–रे गर्दा दोब्बर रकम असुल्ने गरेको छ । एउटा प्लेटमा जतिसुकै एक्स–रे गरे पनि एउटाको मात्र शुल्क लिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

ल्याबले गलत रिपोर्ट दिएको र ठगी गरेको विषयमा सञ्चालक सुशील तापडिया मानवीय त्रुटि भएको हुनसक्ने भन्दै पन्छिए । अहिलेसम्म रिपोर्ट गलत आएको भन्दै गुनासो नआएको दावी गरेका उनले पीडितसँग भने गल्ती स्वीकार गर्दै घटना सार्वजनिक नगरिदिन आग्रह गरेका थिए ।ब्लास्टखबरबाट साभार

तपाईको प्रतिक्रिया