Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ६ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बसेको निर्णायक छलफल भर्खरै सम्पन्न भएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको दुई नेताहरुवीचको वान–टु–वान भेटवार्तामा मुख्य गरी तीनवटा विषयमा गम्भीर छलफल भएको थियो । पार्टीको सिद्धान्त र संगठनको बारेमा पनि कसरी जाने भन्नेबारे उनीहरुवीच सहमति भएको एक नेताले जानकारी दिए ।

त्यस्तै दुई दलीय कार्यदलले तयार पारेको राष्ट्रिसभा निर्वाचन सिट वाडँफाँड, प्रदेशसभा गठन र प्रदेश सरकार गठनमा पद वाँडफाड लगायतका विषयमा तयार पारेको प्रतिवेदनमा छलफल भएको थियो ।

पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक ढाँचाका बारेमा पनि उनीहरुबीच छलफल भएको हो । दुई नेताबीच भोलि दिउँसो ३ बजे लागि एकता संयोजन समितिको बैठक बस्ने निधो भएको छ ।

तपाईको प्रतिक्रिया