Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ,२० चैत्र । आन्तरिक परीक्षामा फेल भएका अस्थायी शिक्षकहरुले काठमाडौमा प्रदर्शन गरेका छन् ।

पुनः आन्तरिक परीक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । त्यस्तै उनीहरुले गोल्डेन ह्याण्डसेकमार्फत विदाई गर्न सरकारसँग अर्को विकल्प अघि सारेका छन् । उनीहरुले गोल्डेन ह्याण्डसेक नदिइ विस्थापित गर्न लागेको भन्दै सरकारको चर्कौ आलोचना गरेका छन् ।

उनीहरुले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोधस्वरुप माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेका हुन् । बानेश्वरको निषेधित क्षेत्र तोड्ने भन्दै उनीहरु बानेश्वरतर्फ अघि बढेपछि बानेश्वरमा सुरक्षा तैनाथ बढाइएको छ।रातोपाटी

तपाईको प्रतिक्रिया