Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नकको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडीका सम्बन्धमा धमाधम बयान लिने काम भइरहेको जानकारी दिए ।

‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ,’ उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ ।’

अख्तियारको सार्वजनिक सुचना जारी गरी आयरल्याण्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीमा जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको छ । उनीहरुलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन गरिएको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए । यो समाचार सुरेन्द्र काफ्लेले अन्नपूर्णमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया