Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

नुवाकोट, २० चैत्र । साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण थापाले लेखेका छन् ।

उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् ।

‘पुननिर्माण गर्न अब अर्को पृथ्वीनारायण नजन्मेसम्म दरबार बन्लाजस्तो छैन,’ स्थानीय अनुप खण्डाकाले भने, ‘यत्रो ऐतिहासिक सम्पदा खण्डहर बन्ने भो ।’ इतिहास मेटिने र नुवाकोटको पहिचान मासिने चिन्ता जिल्लाबासीमा छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया