Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, २० चैत्र । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने चर्चा चलेअनुरुप प्रक्रिया अघि बढेको पाइएको छैन । यो समाचार आजको नेपाल समाचरपत्रमा सुनील महर्जनले लेखेका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको तयारीका लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म औपचारिक प्रक्रिया नबढेको आयोगका पदाधिकारीहरु बताउँछन् ।

‘सरकारसँग बेलाबखत छलफल हुने गरेको छ । सरकारले उचित कानुनी प्रबन्धसहित उपनिर्वाचनको मिति घोषणा गरेमा आयोग सोही अनुरुप अघि बढ्नेछ’, आयुक्त ईश्वरीप्रसाद पौडेलले भन्नुभयो– ‘निर्वाचनको तयारीका लागि आयोगलाई पर्याप्त समय हुने गरी मिति घोषणा गरिनुपर्दछ ।’

स्थानीय तहमा वडाध्यक्ष ३६ रिक्त छन् । त्यसैगरी नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्वाङको निधन भएकाले ती स्थान रिक्त भएको हो ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments