Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बारा, २० गते । हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउंपालिका भलुहिभर्वो्लिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् ।

हुरीबतासले अत्यधिक क्षति पु¥याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहँु हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।

‘बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताए । उनले भने– ‘गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ ।’ ‘मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै प¥यो’, उनले भने– ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया