Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, २० चैत्र । मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसम्म हारगुहार गरिरहेका छन् ।

साउदी अरबको किङ अजिज अब्दुल अस्पतालले हुन्डाई कम्पनीका काम गर्ने सुवाससहित चार जना दुर्घटनाको भोलिपल्ट मृत्यु भएको घोषणा गर्यो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया