Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २० चैत्र । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मंगलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्तव्यस्त जनजीवन क्रमशः सामान्य बन्दै छ ।

स्थानीय तहका सरकार प्रमुखहरूका अनुसार सुरुमा घाइतेको उपचार र मृतकको अन्तिम संस्कार पहिलो प्राथमिकता थियो भने अब खाना, नाना र छाना ९आवास० को आवश्यकता छ । स्थानीय तहका प्रमुखहरुले प्रदेश र केन्द्र सरकारले पीडित परिवारका लागि आवास बनाइदिने व्यवस्थाका लागि आग्रह गरेका छन् ।

विनाशकारी हावाहुरीबाट फुसका घर, टाली, जस्तापाताले छाएका घर पूरै नष्ट भएका छन् भने पक्की घरसमेत क्षतिग्रस्त भएका छन् । घरमा राखिएको अन्नपात प्रायः सबै नष्ट भएको छ, खेतबारीमा लगाएको गहुँ, मसुरो र रहरजस्ता बालीसमेत पूरै नष्ट भएका छन् । यो समाचार नादर गौतमले गोरखापत्रमा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया