Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरीगंज, १९ चैत्र । सशस्त्र प्रहरी बल सुरक्षा क्याम्प बैगुन्धुराले १५ बोरा चिनी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुन्धुराले अवैध रुपमा लुकाई छिपाई नेपालतर्फ लाँदै गरेको अवस्थामा गस्तीको क्रममा गौरीगंज गाउँपालिका वडा नं. १ को कुञ्जीबारी बाट बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा नेपाल ल्याई कुञ्जीबारी बाट यात्रुबाहक बसमा दुधे तर्फ लैजाने क्रममा कुञ्जीबारी बजारबाट बरामद गरेको हो । सशस्त्र प्रहरी निरिक्षक हेम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले १५ बोरा चिनि ७ सय ५० केजी रहेको र अनुमानित मूल्य ६० हजार रहेको बताईएको छ । बरामद गरिएको चिनी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी गरिएको सुरक्षा बेस क्याम्प बैगुन्धुराले जनाएको छ ।

तपाईको प्रतिक्रिया