Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १९ चैत्र । आँधी र हुरीबाट विपत्तिमा परेका बारा र पर्सा जिल्लामा भीभीआईपीको भ्रमणले जनता झन् पीडित बनेको स्थानीयस्तरबाट गुनासो आएको छ । स्थानीय बुद्धिजीवीहरुले यसरी भ्रमण गर्दा मजाकको अवस्था सिर्जना भएको समेत जनाएका छन् ।
राष्ट्रिय जनता पार्टीका संयोजक मण्डलका नेता राजेन्द्र महतोले सरकारले मानवीय समवेदनासमेत नदेखाएको भन्दै आक्रोश पोखे ।

“हिजो प्रधानमन्त्री हेलिकोप्टरमा आउनुभयो, आज पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल पनि आउनुभएको छ । तर यहाँका पीडितले त्रिपालसमेत पाएका छैनन् । भीआईपीले हेलिकोप्टरबाट हेरेर जाँदैमा पीडितलाई राहत मिल्दैन यसले त झन पीडा दिन्छ,” बाह्रखरीसँग कुरा गर्दै महतोले भने ।

मधेस मामिलाका विश्लेषक तथा पूर्वराजदूत डा. विजयकान्त कर्णले बाराबाट केहीबेर अघि बाह्रखरीसँग कुरा गर्दै भने, “काठमाडौंबाट ठूलो मान्छे आएको देखेपछि पीडित जनता चर्को घाममा बाटोमा निस्कने गरेका छन् । तर, उनीहरुले केही पाइरहेका छैनन् । यो त पीडितमाथि ठट्टा गरे जस्तो भयो ।”

तपाईको प्रतिक्रिया