Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

अनिल श्रेष्ठ

विराटनगर, १९ चैत्र । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकाल चोरी गरेको आरोपमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमविविएसमा अध्ययन गर्ने सिराहाको लहान नगरपालिका– ६ घर भइ हाल विराटनगर बस्ने २७ वर्षिय विजय कुमार यादवसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा चोरी भएको पाँच थान मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी मोटसाइकल चोरीको आरोपमा सिरहाको लहान नगरपाकिला – ६ घर भई हाल विराटनगर – ४ सप्तकोशी मार्गमा डेरा गरी बस्ने २७ वर्षिय विजय कुमार यादव, सुनसरी बर्जु गाउँपालिका – ५ अमाहीवेलाहा चोक घर भई हाल बिराटनगर – ५ बरगाँछी चोकमा बस्ने मनोज कुमार चौधरी, बिराटनगर – १४ का २७ वषिर्य अनुज यादव र सोही स्थानका २२ वर्षिय सोनेलाल महत्तो र सिरहाका २० वर्षिय सुनिल यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीको प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मध्य विजयकुमार विराटनगर – ४ नोबेल मेडिकल कलेजमा एमविविएसमा अध्ययरत हुन् भने मनोजकुमार फोटो तथा भिडियो खिच्ने व्यक्ति हुन् ।

प्रहरीले स ५ प ३३३९ नं को रातो कालो रङको मोटरसाइकल १ थान, नम्बर प्लेट नभएको अवस्थामा लुकाएर राखिएको रातो कालो रंगको पल्सर मोटरसाइकल १ थान बरामद गरेको छ । ‘मोटसाइकल चोरी पछि नम्बर प्लेट परिवर्तन गरि चलाएको अवस्थामा प्रहरीले बरामद गरेको हो,’ डिएसपी श्रेष्ठले भने, ‘मोटसाइकल धनीले चोरी भएको मोटसाइकल चिन्ने भएकोले चोरी गर्ने व्यक्तिले यस्तो तरिकाले अपनाएको पाइयो ।’

मोटसाइकल चोरी गरि उनीहरूले पार्टपूजा विक्री गर्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ‘मोटसाइकल नै विक्री गर्दा थाहा हुने भएकोले पार्ट पार्ट विक्री गर्ने गरेको देखियो,’ डिएपी श्रेष्ठले भने, ‘एउटा मोटसाइकलको पार्टपूर्जा अर्कोमा हालेर विक्री गर्ने गरेको पाइयो ।’ डिएसपी श्रेष्ठको अनुसार चोरी भएको मोटासइकल खोज्न प्रहरीले विशेष अभियान चलाएको जानकारी दिए । ‘पछिल्लो समय मोटसाइकल चोरीको घटना बढेको देखियो छ,’ उनले भने, ‘चोरी नियन्त्रण गर्न र चोरी भएको मोटसाइकल खोज्न मोरङ प्रहरीले विशेष अभियान सुरु गरेका छौं ।’ उनका अनुसार हराएको अन्य मोटसाइल पनि चाँडै पक्राउ गरिने बताए ।

प्रहरीले मोटसाइकलसँगै रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रेहरू, बिभिन्न साईजका रेन्चुहरू, मोटसाइकलको पार्टपुर्जा, नंम्बर प्लेटलगाएत सामाग्री पनि बरामद गरेको छ ।

मोटसाइकल चोरी गरि चौधरीले वास्तविक नंम्बर को ३५ प ९७६३ रहेको मोटसाइकलमा स १० प ३५०१ नं.लेखेर चलाएको क्रममा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बिजय कुमारले पनि बास्तविक नं. को २५ प५२५१ रहेको मोटसाइकलमा स ५ प ३३३९ नम्बर प्लेट लगाएर चलाएको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले को २८ प ७९७४ नं. को मोटरसाइकल खोजतलास गर्ने क्रममा शनिबार यादव र महत्तोले चलाईरहेको अवस्थामा बरामद गरेको हो । उक्त मोटरसाइकल बिराटनगर ४ ईक्राई बस्ने विरेन्द्र यादवको घरबाट शुक्रबार रातको समयमा हराएको थियो ।प्रहरीले पक्राउ गरिएको अभियुक्तहरूलाई मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत जिल्ला अदालत मोरङमा म्याद गरि थप अनुसन्धान भइरहेको छ ।ब्लास्टखबरबाट साभार

तपाईको प्रतिक्रिया