Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १८ चैत्र । गौरादह नगरपालिका ७ ग्वालडुब्बा बजार क्षेत्रमा वृक्षारोपण गर्ने उद्देश्यले पक्की रिङ्ग राखिएको छ ।
ग्वालडुब्बा युवा समूहले रिङ्ग संकलन गरि चोक, नयाँ बजार तथा मठ मन्दिरमा पक्की रिङ्ग राखेको हो । बजारलाई स्वच्छ, सफा, सुन्दर वातावरण बनाउनका साथै बजार क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले रिङ्ग राखिएको र रिङ्गमा धुपी, स्वामी जातका बिरुवाहरु लगाउने उद्देश्य रहेको समूहका अध्यक्ष भोला चक्रवर्तिले जानकारी गराए ।
त्यसअवसरमा स्थानीय, समाजसेवी, व्यापारीहरु, संघसस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया