Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाण्डौ, १८ चैत्र ।  पूर्व निर्धारित कार्यक्रमका लागि गृह जिल्ला झापामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । प्रधानमन्त्री अ‍ेलीसँग उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यहाँ पुग्नुभएको हाे ।
प्रधानमन्त्री ओलीको उपस्थीतीमा झापाका विभिन्न स्थानमा हुने भनिएको कार्यक्रमलाई स्थगित गरेर प्रधानमन्त्री ओली सरकारका चार मन्त्रीसहित बारा पुग्नु भएको हो ।

नेपाली सेनाको स्काई ट्रकमार्फत ओली झापाबाट सिमरा विमानस्थलमा पुग्नु भएको हो । प्रधानमन्त्री ओली सिमरा बिमानस्थलबाट भने नेपाली सेनाकै एम आई १७ हेलीकोप्टरमार्फत प्रभावित स्थल जानुहुने भएको छ ।

आईतबार अकस्मात आएको हुरीका काकारण बारा र पर्सामा ३५ जना भन्दा बढीको ज्यान गएको छ भने ४०० भन्दा बढी नागरिक प्रभावित भएका छन् । हुरीले बिशेष गरि प्रदेश नम्बर दुईका बारा र पर्सामा बढी जन धनको क्षति भएको छ । बाराको फेटा, पर्सौनी, सुवर्ण गाउँपालिकालगायतका स्थानका अधिकांस घरहरु भत्किएका छन् । घटनाबाट प्रभावितहरुको उद्धार तथा राहत वितरण कार्य सरकार र विभिन्न संघ सस्थाले गरिरहेका छन् । त्यस्तै प्रदेश नम्बर दुई सरकारले ज्यान गुमाएकाहरुको परिवारलाइ ३ लाख रुपौयाँ राहात दिने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया