Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १८ चैत्र । प्रदेश नम्बर दुईमा रद्द र स्थगित गरिएको परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । दुई विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएकोले परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालले बताए ।

रद्द भएको परीक्षामा २२ गते अनिवार्य विज्ञान,२३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राबिधिक तर्फका विषयहरुको परीक्षा हुने निर्णय बोर्डले गरेको हो ।

प्रदेश नम्बर दुईमा एसईई परीक्षा दिने विद्यार्थी लगभग ७० हजार ५ सय ६८ रहेका छन् ।

तपाईको प्रतिक्रिया