Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

विरगञ्ज, १८ चैत । प्रदेश २ सरकारले बारा र पर्सामा हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने निर्णय गरेको छ ।

सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

हावाहुरीमा भएको धनजनको क्षतीको अध्ययन तथा पुननिर्माणको लागि तीन सदस्यीय अध्ययन टोली गठन गरिएको छ । जसमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र वन मन्त्री रामनरेश राय यादव रहेका छन् ।

आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको छ भने सयौ घाइते भएका छन् ।

घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया