Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, १८ चैत्र । सरकारले अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ । मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको हो । तीस वर्षदेखि उपत्यकाबासीको मेलम्ची सपना अझै ‘मृगतृष्णा’ जस्तै बनेको छ ।

मेलम्ची खानेपानी बोर्डले इटालियन ठेकेदार कम्पनीसँग गत माघ २४ गते एकतर्फी ढंगले ठेक्का तोडेको थियो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया