Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, १८ चैत्र । भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । धरान विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको हो ।

क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट अन्याउनु गलत भएको स्थानीयको गुनासो छ । सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन् । विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए । यो समाचार रत्नप्रसाद आचार्य अन्नपूर्णमा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया