Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

जनकपुरधाम, १८ चैत्र । जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ- अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ ।

दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ । वीरगञ्जकी सुनितादेवी यसको पछिल्लो सिकार हुन् । श्रीमानको निर्घात कुटाईबाट उनको अकालमै ज्यान गुमाउनु प¥यो । १५ वर्षसम्मको यातनाको अन्त्य मृत्युबाट भयो । चिकित्सक श्रीमान सतितानन्द यादवको बर्बर यातना अन्ततः उनको शरीरले थेग्न सकेन् । उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ सुनिताको मृत्यु भयो ।

बाराको परवानीपुर बहुअरीको सुनिताको विवाहका बेला चिकित्सक ज्वाइँ पाउन परिवारले दाइजोमा २० लाख रुपैयाँसम्म खर्चेको थियो । यो समाचार मनिस झाले अन्नपूर्णमा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया