Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १७ चैत्र । देशभर आज मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भागमा आज दिनभर वर्षा हुने अनुमान गरिएको छ । आज देशको मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानहरुमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भई पूर्वतिर सरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद बरुण पौडेलका अनुसार राजधानी काठमाडौंमा दिउँसो केहीबेर मौसम खुलेपनि बेलुकापख पुनः बदली हुने अवस्था रहेको छ । काठमाडौं उपत्याकामा राति असिनासमेत परेको थियो । पश्चिमी भागमा मौसम खुलेपनि पूर्वीभागमा भने आज दिनभरी वर्षा हुने उनले जनाए ।

हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आज राति पूर्वी र मध्य भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेकोे जनाइएको छ । भोलिदेखि मौसममा क्रमशः सुधार हुँदै जाने मौसमविद पौडेलले बताए ।

तपाईको प्रतिक्रिया