Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरीगंज, १५ चैत्र । झापाको गौरीगंजमा समुदायमा सरकारी वकिल विषय १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गौरीगंज गाउँपालिका सभाहलमा आयोजना गरिएको अन्तरक्रियामा गाउँपालिका भित्रका जनप्रतिनिधि, संघसंस्था, राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, सुरक्षा निकायहरुको सहभागिता रहेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय झापाको आयोजनामा सम्पन्न अन्तरक्रियामा सरकारी वकिलको दायित्व र भुमिका, सरकारी वकिलको सांगठनिक संरचना, काम कर्तव्य र अधिकार, संवैधानिक व्यवस्था, पिडितका अधिकार र स्वच्छ सुनुवाईका विषयमा जिल्ला न्यायधिवक्ता केशव प्रसाद पन्त र सहायक जिल्ला न्यायधिवक्ता कल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गरि छलफल गरिएको थियो ।

गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा उपाध्यक्ष दिपेन्द्र थापा, गौरीगंज बहुमुखी क्याम्पस प्रमुख सर्वतलाल राजवंशी, समाजसेवी फुलवती राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया