Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

विराटनगर, १५ चैत्र । मोरङ र सुनसरीमा पनि बर्ड फ्लू देखा परेको  छ । पन्छीजन्य जीवमा भेटिने बर्ड फ्ल सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचामा भेटिएको हो ।

दुई स्थानमा ब्लड फ्लू भेटिएपछि २ हजार ६ सय ८५ कुखुरा नष्ट गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार बुधवार सुनसरीको इटहरी उपमहानगरपालिका १८ लविपुरमा सञ्चालित बि एण्ड जी अर्गानिक कृषि फर्म र शनिवार सुन्दरहरैँचा नगरपालिका– ११ मा सीता अर्जुन बहुद्धेशीय सहकारी संस्थाले पालेका कुखुरामा बर्ड फ्लू देखिएपछि नष्ट गरिएको हो ।

सुन्दरहरैँचास्थित सहकारीले पालेका १ हजार ८ सय ३५ र इटहरीमा सञ्चालित कृषि फर्मले पालेका ८ सय ५० हास र खुकुरा नष्ट गरिएको छ । ‘इटहरीका कुखुरा हिजो(बुधवार) नष्ट ग¥र्यौँ,’ उनले भने, ‘सुन्दरहरैँचामा पनि कुखुरा नष्ट गरी आइतबार खोर सिल ग¥र्याैँ ।’ सिल गरेको खोर ४५ दिनसम्म बन्द रहनेछ ।

उच्च सर्तकता

दुई स्थानमा ब्र्ड फ्लू देखिएपछि प्रशासनले कुखुरा निर्यात र पालनमा उच्च सर्तकता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकरी मन्त्रालयसँगको समन्वयमा अनुगमनलाई तिब्र बनाइएको छ । कुखुरा फर्महरूको अनुगमन गरिरहेको बताउँदै उनले शंकास्पद कुखुरा भेटिए समन्वय गर्न आग्रह गरे ।

कृषकलाई क्षतिपूर्ती

बर्ड फ्लूका कारण सबै कुखुरा नष्ट गरिएका कृषकलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । इटहरीको कृषि फर्मलाई प्रदेश सरकारले र सुन्दरहरैँचाको कृषि फर्मलाई केन्द्र सरकारलाई क्षतिपूर्तीका लागि लेखेर पठाइएको मन्त्रालयका सचिव बिष्टले जानकारी दिए ।साझामंच

तपाईको प्रतिक्रिया