Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

भद्रपुर, १५ चैत्र । झापाको भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोककोबीच सडकमा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बिहीबार राती नवजात शिशु जिवितै अवस्थामा फेला पारेको छ ।

सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

अन्दाजी एक महिनाको छोरा शिशुलाई मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।

शिशुलाई कसले लगेर छाडेको भन्ने अहिलेसम्म केही नखुलेको र यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसैले जिम्मा नलिए शिशुलाई जिल्ला बालकल्याण समिति झापाको रोहवरमा दिइने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया