Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

अनलाइन विचार, १५ चैत्र । एसईईमा चरम लापर्बाही, प्रश्नपत्र पहिल्यै सार्वजनिक भएपछि प्रदेश दुईमा आज पनि परीक्षा स्थगित

काठमाडौं । जारी रहेको एसईई परीक्षामा चरम लापरवाही देखिएको छ । लापरवाहीकै कारण प्रश्नपत्र पहिला नै सार्वजनिक भएका कारण प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयको परीक्षा स्थगित भएको छ । यसअघि विज्ञान विषयको पनि प्रश्नपत्र बाहिरिदा परीक्षा स्थगित भएको थियो ।

प्रश्नपत्र पहिले नै सार्वजनिक गर्नुमा ‘ठूलै गिरोह’ भएको हुन सक्ने आशंका गरिएको छ । त्यसैले काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली जनकपुर जाने भएको छ । प्रदेश २ का डीआईजी हरि पालले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रहरीसँग भएका सबै प्रश्नपत्र सुरक्षित भएको भए पनि कहाँबाट भयो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

आज हुन लागेको परीक्षाको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल र पसलहरुमा छ्याप्छ्याप्ती पारिएको थियो । आज स्थगित परीक्षा चैत २३ गते हुने बताइएको छ । नियमित तर्फको परीक्षा स्थगित भएपनि एक्जाम्टेडतर्फको भने कायमै रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया