Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १५ चैत्र । नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ । मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते काठमाडौं आइपुगेको यो जहाज विमानस्थलमा थन्किएकै तीन महिना नाघेको छ ।

काठमाडौं आइपुगेकै दिन विन्ड सेन्सरले काम नगरेपछि थन्किएको जहाज फेरि बनाएर उडाउने हिम्मत नगरेकै कारण निगमका निम्ती उडान इतिहास बनेको बोइङ युग सकिएको छ । निगमले बोइङलाई विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ ।

यसअघि निगमले भएकै बोइङको बी ७५७ एसीए जहाज कवाडीमा बेचिसकेको छ । जहाज बीबी एयरवेजले किनेको भए पनि अझै विमानस्थलबाट नहटाएका कारण त्यसको पार्किङ शुल्क भने निगमकै जिम्मेवारीमा छ । बीबीले जहाज नहटाएका कारण बेचिसकेको जहाज पनि निगमलाई अझै टाउको दुखाइ बनेको छ । निगम अर्को जहाज बेच्ने तरखरमा भए पनि सरकारी अनुमति पर्खिरहेका कारण अनुमति आउँदा जहाज कौडीको भाउमा पुग्छ भन्ने चिन्तामा पनि छ । यो समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेखेका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया