Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

जनकपुरधाम, १५ चैत्र । उपमहानगरपालिकामा कुचिकारको तवब वितरणमा घोटाला भएको छ । उपमहानगरपालिकाको सफाइ शाखामा दैनिक ज्यादादारीमा ३५ कुचिकार नियुक्त भएका थिए । सफाइ शाखाबाट ६५ जनाको नाममा रकम निकासा हुँदै आएको खुलासा भएको छ ।

मासिक डोर र ज्यालादारीमा खटाइएका कुचिकारलाई संघीय सरकारका परिपत्रअनुसार उपमहानगरपालिकाले दुई महिनादेखि रकम निकासा बन्द गरेपछि तिनै कुचिकारबाट घोटालाको खुलासा भएको छ ।

माघ ९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले उममहानगरपालिकालाई मासिक डोर र ज्यालादारीका कर्मचारीका सम्बन्धमा पत्र पठाएको थियो । पत्रमा स्थानीय तहको सेवा सञ्चालनका लागि अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने उल्लेख छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया