Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडाैं, १५ चैत्र । ब्रुमर (यान्त्रिक कुचो)ले काठमाडौंका सडकबाट एकै रात १८ टन धु्लो संकलन गरेको छ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चलाएको ५ वटा ब्रुमरले पहिलो रात पानी परेकाले सफा गनए नपाए पनि बुधबार राति सडक बढारेका थिए । सडक बढार्दा ब्रुुमरले त्यति धुलो संकलन गरेको हो । महानगरले १० करोड ८० लाख रुपैयाँमा फागुन २८ गते इटालीबाट ती ब्रुमर ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ५ सडक बु्रमरले सफा गर्दा १८ टन धुलो संकलन भएको हो । महानगरले सडक धु्लो क्षेत्रअनुसार दैनिक बेलुका ८ देखि बिहान ४ बजेसम्म ब्रुमर चलाउने तयारी गरेको थियो । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया