Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, १५ चैत्र । कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ ।

अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र कलेन्द्र सेजुवालले लेखेका छन् ।

ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने ‘महिला हिंसा र छाउपडी’ विषयक कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता आएपछि सांसदद्वयले अमेरिकी दूतावासमा भिसा आवेदन गरेका थिए ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया