Online Bichar
बिहिबार, जेठ १८, २०८० | Thursday, June 1, 2023

बराहक्षेत्र, १४ चैत्र । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग सिंचाई योजनाको नहर पारी पट्टी रहेको जगद्गुरु आश्रम नजिकै, चतरा आर्यघाट जाने धुम्तीमा भएको दुर्घटनामा उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ८ बस्ने भिम बहादुरका अन्दाजी २० वर्षिय छोराको हेमन्त मगरको ज्यान गएको धरानको विपि कोईराला प्रहरी विटले बताएको छ ।

बिहिबार बिहान करिब १० बजे जगद्गुरु आश्रमको लागि कोशीबाट ल्याउँदै गरेको बांस वोकेको, को १ ख २५६९ नम्बरको रोयल धनकुटा नाम भएको स्वराज कम्पनीको मिनि ट्रकबाट मगर खोसेर गंभीर घाईते भएका मगरको उपचारको लागि धरान स्थित विपि क्याम्प पठाईएको ईलाका प्रहरी कार्यलय चतराका प्रहरी सहायक निरीक्षक अमासु लाल राजवंशीले बताएका छन ।

तपाईको प्रतिक्रिया