वाशिङटन, १४ चैत्र । फेसबुक कम्पनीले सेतो राष्ट्रवाद (ह्वाइट नेशनलिज्म) र पृथकतावादको प्रशंसा, समर्थन, प्रतिनिधित्वलाई आगामी सातादेखि फेसबुक र इन्स्ट्रागाममा ब्लक गर्ने घोषणा गरेको छ । यसैगरी सामाजिक सञ्जालमा आतंककारी समूबाट राखिने सामग्रीको पहिचान र ब्लक गर्न समेत आफूले क्षमता बढाउने जनाएको छ ।
हालै न्यूजील्याण्डमा ५० जनाको मृत्यु हुने गरी भएको गोलीकाण्डको लाइभ प्रसारण फेसबुकमा भएपछि सो कम्पनीले अन्तर्राष्ट्रिय रुपमा कडा दबाब महसुस गरिरहे । फेसबुकले यसअघि सेतो राष्ट्रवाद सम्बन्धी सामग्री राख्न दिने गरेको थियो । यहाँसम्मकी ह्वाइट इथ्नो स्टेट्स स्थापनाको आह्वान गरिएका सामग्री समेत राख्न दिइएको थियो ।






