Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

एजेन्सी, १३ चैत्र । गर्मी मौसमलाई फसेनेबल मौसमको रुपमा लिइने गरिन्छ । गर्मीको समय भएकोले धेरै पसिना आउने समस्याले आजित नै बनाउन सक्छ । जसले गर्दा शरीरमा विभिन्न प्रकारका संक्रमण हुने सम्भावना हुने गर्दछ।

सूतीका कपडा

गर्मी मौसमको लागि सूतीको कपडा उपयुक्त मानिन्छ । सूतीका कपडाले पसिना सोस्ने काम गर्दछ र शरीर दुर्गन्धरहित बनाउँछ। यस्तो कपडाले छालामा मोस्चराइचरको कमी हुन दिँदैन जसले गर्दा ब्याक्टेरिया र फंगल इन्फेक्सनबाट पनि बचाउँछ।

फिक्का रंगको कपडा
गाढा रंगको प्रकाशलाई सोस्ने भएकोले शरीरमा गर्मी पैदा हुन्छ । त्यसैले गर्मीको लागि हल्का रंगको कपडा उपयुक्त हुन्छ । सेतो, पहेँलो, क्रिम कलर आदि रंगका लुगाहरु उज्यालो हुनुका साथै यसले शरीरलाई शीतलता पनि प्रदान गर्छ। यस्ता रंगले घामको प्रकाशलाई परावर्तन गर्ने काम गर्छ।

खुल्ला खालको कपडा

गर्मीको मौसममा कसिलो कपडाले असहजिलो बनाउछ । गर्मीमा रक्त नलीहरु जाडोमाभन्दा राम्ररी सञ्चालन भइरहेका हुन्छन् जसले प्राकृतिक रुपमै छालालाई पोल्नबाट बचाउँछ। त्यसैले तपाईले गर्मीमा खुकुलो तथा हावा छिर्ने लुगा लगाउनुस् ताकि शरीरमा रगतहरु राम्ररी सञ्चालन हुन पाउन्।

क्याप
गर्मी मौसममा घाम बढी लाग्ने भएकोले यसले छाला डढ्न सक्छ । जसको गर्दा पनि गर्मीमा बाहिर निस्किनु छ भने याप, चस्मा, छाता बोक्न कहिल्यै र्बिसिनु हुदैँन । (एजेन्सीको सहयोगमा )

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments