Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १३ चैत्र । तनहुँ घर भएका सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार साराबहादुर विक बुधबार बिहान कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक क्याम्पसनजिक मृत फेला परेका छन्। उनी १५ नम्बर गण कालीञ्चोकमा कार्यरत थिए।

बिहान पौने ६ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। सडकबाट केही तल घिस्रिएर ढलेको उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको कीर्तिपुर प्रहरीले जनाएको छ।

विक मुटुरोगी रहेको र उनको शरीरमा कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया